दुहबी/ सुनसरीको दुहवीमा सम्पन्न तेश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान च्याम्पीयनसिपको उपाधी एक नम्बर प्रदेश टोलिको पोल्टामा परेको छ। भारतको पटनालाई पराजित गर्दै एक नम्बर प्रदेशले उपाधी चुमेको हो।
गत बर्षको बिजेता टोलि भारतको पटनालाई पराजित गर्दै एक नम्बर प्रदेशले हारको बदला लिदैं उपाधी चुमेको हो। सुनसरी जिल्ला डोरी तान संघको आयोजना तथा मनमोहन स्पोर्टस एकेडेमीको सहकार्यमा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा शुक्रबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा नेपालको एक नम्वर प्रदेश टोलिले उपाधि सहित एक लाख ट्रफि मेडल तथा प्रमाण पत्र हात पारेको छ।
उपविजेता बनेको भारतको पटना टोलीले नगद ५० हजार तथा ट्रफि मेडलमा चित्त बुझाएको छ । प्रतियोगिताको फेयर प्ले लुम्बिनी प्रदेशको टोलि भएको हो। समुदघाटन खेलका प्रमुख अतिथी दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले खेल समुदघाटन गर्दै सम्पूर्ण खेलाडीहरुलाइ शुभकामना दिएका थिए।
फाइनल खेलको समापन कार्यक्रममा विजेता तथा उपबिजेता टोलिलाई राखेपका सदस्य सचिब रमेश सिलवालले पुरस्कार वितरण गरेका थिए।
सुनसरी डोरीतान संघका अध्यक्ष निस्चलराज शाक्यको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा.शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, दुहबी नगरपालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । डोरी तान प्रतियोगितामा नेपालका ८ टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश,बागमति प्रदेश, लुम्बिनी प्रदेश, र आयोजक सुनसरी डोरी तान संघ तथा भारतको २ टिम बैशाली र पटना गरि १० टिमको सहभागिता रहेको थियो ।