दुहबी/ सुनसरीको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र संघीय सरकार बातावरण बिभागका उपसचिव दिपक ज्ञावलि ले संयुक्त रुपमा फोहोर ब्यावस्थान केन्द्र र हरित पार्क निर्माण स्थलको अनुगमन गरेका छन। नगर प्रमुख बेद गच्छदार को बिकाशशिल पहलमा आमन्त्रित उपसचिव सगै बातावरण बिभागका निरीक्षक गोबिन्द लामिछाने साथै दुहबी नगरपालिका का प्रशासकिय प्रमुख बिनोद न्यौपाने लगायत को टिमले सामुहिक अनुगमन गरेका थिए।
अनुगमनका क्रममा नगर प्रमुख बेद गच्छदार ले दुहबी वडा नम्बर ४ ख को कित्ता नम्बर २०७ मा भएको २ बिगाह क्षेत्रफलमा दैनिक १३ हजार टन यश क्षेत्रका विभिन्न इलाका बाट फोहर उपलब्ध गराइ उक्त फोहोर लाई रिसाइकलिङ्ग गर्दै बातावरण प्रदुषण नियन्त्रण साथै स्थानिय कृषक र ब्यावसायी लाई प्रवर्द्धन गर्ने उदेश्य रहेको बताए। सोही उदेस्य सफल गराउन आफ्नो निजि पहलमा संघिय सरकार सग पहिलो चरणमा ६७,४८,७४०.७६ पैसा को टेन्डर आवहान गरिसकेको साथै उक्त फोहर ब्यावस्थापनको भौतिक सम्रचना निर्माण पस्चात जम्मा १ करोड७१ लाख ६० हजार १८२.३४ रुपिया बराबर को प्रोजेक्ट सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
गच्छदार ले दुहबी का बासिन्दाको मनोरञ्जन साथै हितको लागि मध्य नजर गर्दै २ वटा हरित पार्क निर्माण गर्ने लक्ष्य सहित दुहबी सुहबी पोखरी क्षेत्र मा भएको साबिक दुहबी ७ ख को कित्ता नम्बर ३ को १ बिगाह ११ कठठा १० धुर जग्गामा रु ७५ लाख ६४ हजार को लागतमा बेबि बोटिङ्ग सहितको सुबिधा सम्पन्न हरित पार्क निर्माण गर्ने साथै दुहबी वडा नम्बर ३ र४ को साँधमा भएको झोलुङ्गे पुल यरियामा ४६ लाख को लागतमा मनोरञ्जन सहितको हरितपार्क निर्माण गर्ने लक्ष रहेको अनुगमनका उपसचिव ज्ञावलिलाइ जानकारी गराए।
उपसचिव लाई जानकारी गराउदै गच्छदारले कुनैपनि हलतमा यश क्षेत्र का नागरिकको ज्यु धन र मनोरञ्जन का बिधामा सरकार ले साथ सहयोग गर्नु पर्ने मागसहित उक्त परियोजलाइ सम्पन्न गराइ नगरबासिको हित सम्बोधन गर्न आबस्यकिय बजेट उपलब्ध गराइदिन उपसचिव ज्ञावलि सगानुरोध गरेका छन।
अनुगमनका क्रममा उपसचिव ज्ञवलिले आफुले सकेसम्म यस क्षेत्र का नागरिकलाइ हित हुने सबैखाले सहयोग गर्ने साथै नगर प्रमुख नै बिकासको सुत्राधार भएकोहुदा उहाको सपानामा कहिले तुवाँलो नलाग्ने ठोकुवा गरे। निरीक्षक लामिछानेले दुहबी नगरपालिका मा बेद गच्छदार जस्तो प्रमुख पाउनु सौभाग्य भएको भन्दै उहाले कोरेको सपनाका रेखा हरु दुहबी नागरिकको भाग्य रेखा हो भन्दै आफ्नो बुताले ब्याएसम्म सबैखालेसहयोग र अनुदान दिलाउन लागिपर्ने बताए।