दुहबी/ सुनसरीको दुहबीमा १ सय बिसजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। ज्येष्ठ नागरिक उपभोक्ता समिति दुहबीको आयोजना तथा दुहबी नगरपालिकाको सहयोगमा भएको उक्त सम्मान कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर तन्ना र टोपी दिइ सम्मान गर्दै ज्येष्ठ नागरिकले समाजमा गरेको योगदानको बिषयमा चर्चा गरेका थिए। मेयर गच्छदारले दुनियाँ आधुनिकता तर्फ बढ्दै गरेको अवस्थामा जेष्ठ नागरिकलाई सम्मान गर्न पाउनु ठुलो गौरवको कुरो भएको बताए। दुहबीका नागरिकहरुलाई कुनै बेलापनि आँखा सम्बन्धित उपचार निशुल्क गरिने बताउदै मेयर
गच्छदारले आफ्ना नागरिकहरुलाई सहज ढंगबाट स्वास्थ्य उपचार प्राप्त गराउनकालागि दुहबीको १२ ओटै वडामा हेल्थ पोस्ट भवन निर्माण भइ सकेको र दुहबीमा एउटा अस्पतालको अबधारणा समेत अगि बढेको जनाए।
सम्मान कार्यक्रममा दुहबी नगरपालिकाकि उप उपप्रमुख सुनिता दाहाल शाह, दुहबी वडा नम्बर १० का वडाअध्यक्ष लधुराम माझिले शुभकामना दिदै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए। ज्येष्ठ नागरिक उपभोक्ता समिति दुहबीका अध्यक्ष हेदर अलिको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संचारकर्मी अर्जुन खड्काले उद्घोषण गरेका थिए।