दुहबी/ सुनसरीको दुहबीमा आज साँझ ४ बजे इलाका प्रहरी कार्यालय दुहबी अगाडीबाट बुलेट मोटरसाइकल चोरी भएको छ। गढी गाउँपालिका वडा नम्बर २ का भुपनारायण भगतको को ३१ प ६३२३ नम्बरको रातो–कालो रंगको बुलेट मोटरसाइकल प्रहरी कार्यालय दुहबीको गेट छेवको उत्तरपट्टीमा रोकि राखेको ठाउँबाट दिन दहाडै चोरी भएको उनले बताए। ईलाका प्रहरी कार्यालय दुहबीमा उजुरी दिएको समेत उनले बताए।