दुहबी/सुनसरी को दुहबी वडा नम्बर २ र वडा नम्बर ९ का युवाबिच सामुहिक झडप हुदा १४ जना घाइते भएका छन। झडपमा वडा नम्बर २ का ६ जना युबाहरु विशाल खवास,सुसननारायण चौधरी अजय नारायण चौधरी लगायत घाइते भएका छन्। उनिहरुको दुहबी स्थित जिबन ज्योति क्लिनिकमा उपचार भैरहेको छ। उता दुहबी ९ का ८ जना मो.सकुरुद्दिन,सफि आलम, नसा आलम,जम्सेद रैन,नुर आलम सिराज आलम लगायत घाइते भएका छन्। झडपमा ३ ओटा मोटरसाइकल समेत क्षती भएको बताइएको छ। घाइते मध्ये जम्सेद आलमलाइ बिराट नर्सिङ्ग होममा भर्ना गरिएको र बाकी सुनसरी सामुदायिक अस्पताल दुहबीमा भर्ना गरिएको मो.सकुरुद्दिनले बताए। बाटोमा आउने जाने क्रममा २ मोटरसाइकल एक आपसमा जुध्न आटेपछि दुबै पक्षबिच विवाद उत्पन्न हुँदा गएराती ८ बजे सामुहिक झडप भएको बताइएको छ। केही युवाहरूलाई तत्कालै ईलाका प्रहरी कार्यालय दुहबीले पक्राउगरी थुनामा राखिएको बताइएको छ। घटनाबारे अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।