दुहबी/ सुनसरी को दुहबी नगरपालिका ८ सोनापुर स्वास्थ्य चौकिमा ग्रामीण आमा स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। कार्यबाहक अध्यक्ष बिनय दाहाल को सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रम मा प्रमुख अतिथी सामाजिक बिकास मन्त्रालय प्रदेश १ का स्वास्थ सम्योजक सागर प्रसाईं रहेका थिए भने विशिष्ट अतिथी दुहबी स्वास्थ साखा का फोकल पर्शन उचित नारायण साह थिए।
स्वास्थ्य चौकिका कर्मचारी हरुलाइ भिडियो एक्सरे साथै अल्ट्रासाउन्ड समेत सेवा दिन सक्ने बनाउदै एकै स्वास्थ्य कार्यलय को छाना मुनि गर्भवती महिला र गर्भमा रहेको बच्चा को लागि तथा अरु महिलाका सबै किसिमका रोगको उपचार सेवा प्रदान गरिने उदेस्य सहित यो कार्यक्रम ल्याइएको स्वास्थ शाखा फोकल पर्शन शाह ले बताए।
निशुल्क खाने बस्ने देखि यात्रु प्रतीक्षालय ,अक्सिजन सहितको बर्थिङ्ग सेन्टर ,र आमा हरुका सबै खर्च निशुल्क सहितको सेवा प्रदान गरिने उदेश्य सहित यो कार्यक्रम ल्याइएको स्वास्थ कर्मी शिर्जना लिन्थेबले बताइन।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि प्रसाइले मात्री मृत्युदर ५३९ बाट २१२ मा झरेको यस्लाइ केही बर्ष भित्र ७० मा झार्ने लक्ष्य सहित नेओआल सरकार ले १ नम्बर प्रदेश का संखुवासभा ,इलाम र सुनसरी गरि जम्मा ३ जिल्ला छनौट गरेको त्यस्मा पनि सुनसरी को दुहबी८ स्थित सोनापुर स्वास्थ चौकी पर्न सफल रहेको बताए।
कार्यबाहक अध्यक्ष दाहालले ग्रामीण आमा कार्यक्रमले यश भेकका गर्भवती आमा र बच्चाको स्वास्थमा सुधार हुँदै मात्री मृत्युदर घट्ने हुदा आगामी दिनमा स्वास्थलाभ मा सफलता मिल्ने बताउदै यो कार्यक्रम सफल हुने बताए। प्रमुख अतिथी प्रसाईं र अध्यक्ष दाहाले सोनापुर स्वास्थ चौकिलाइ ३१ थान स्वास्थ सामाग्री हस्तान्तरण गरेका थिए।