दुहबी/दुहबी नगरपालिका वडा नम्वर ३ र बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को सिमानामा पर्ने बुढीखोलामा रहेको झोलुंगे पुल छेवमै अवैधरुपमा माटो र बालुवा प्रसोधनको नाममा नदि दोहन हुँदा सो पुल उच्च जोखिममा परेको छ ।
सरोकारवालाहरुले ध्यान न दिंदा बालुवा उत्खनन गरेर करोडौंको पुललाइ उच्च जोखिममा पारेको भन्दै स्थानियहरु आक्रोसित भएका छन । बुढीखोलामा डोजर लगाएर गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको छ । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर नदि उत्खनन हुँनेगरि गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको भन्दै स्थानियहरु आक्रोसित भएका हुँन । सो ठाउँमा नदि उत्खनन गर्ने गरेको र ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको पाइएको छ ।
बुढीगंगा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिलिप चौधरीले सो ठाउँमा बालुवा र माटो प्रसोधनको कुनै ठेक्का न लागेको बताए । ठेक्का लगाएको नाका भन्दा वाहिर गएर अवैधानिक किसीमले प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुललाइ जेखिम पार्ने हिसाँवले बालुवा र माटो उत्खनन गरेको भन्दै स्थानिय यूवाहरु थप आक्रोसित हुँदै अख्तियारमै उजुरी हाल्ने तयारी गरेको जनाएका छन ।
यता सिद्धिविनायक टे«र्डसका सदस्य मुस्तकिम मियाँका अनुसार दुहबी नगरपालिकाले ठेक्का लगाएको मापदण्ड अनुसारनै उत्खनन गरेको बताए। ऐन अनुसार पक्की पुलबाट ५०० मिटर सम्म बालुवा र माटो उत्खनन गर्न न मिल्ने साथै वस्ती र सार्वजनिक स्थल बाट २०० मिटर सम्म बालुवा र माटो उत्खनन गर्न मिल्दैन।