दुहबी/सुनसरीको दुहवी नगरपालिकाको जय बाबा ईट्टा उद्योगमा पहिलो पटक वातावरणमैत्री बायोमास पेलेटको प्रयोग सुरु गरिएको छ । पूर्ण वतावरणमैत्री कम प्रदुषण, कम हरितग्यास उत्सर्जन बायोमासलाई व्यवसायीक उत्पादनको रुपमा पून्िरयो लागतको प्रभावकारीता कोईला भन्दा आधबाढी सस्तो पेलेट ब्रिकेट उत्पादन हुने भन्दै पहिलो पटक बायोमास पेलेटको प्रयोग सुरु गरिएको हो ।
इट्टा उद्योगमा भारतको असामदेखी र अहिले इण्डोनेसिया र अमेरीकाबाट आयात भईहरेको कोईला निकै महगों भएकाले त्यसको बिकल्पको रुपमा बायोमास पेलेटको प्रयोग सुरु गरिएको जय बाबा ईट्टा उद्योगका संचालक तथा नेपाल इट्टा उद्योग महासंघका प्रदेश अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनुभयो । जिल्लामा रहेको ५३ इट्टा उद्योगहरु मध्ये पहिलो पटक जय बाबा ईट्टा उद्योगमा बायोमास प्रस्तुतीकरण कार्यक्रम मार्फत बायोमास प्रयोगमा ल्याएको श्रेष्ठले जानकारी दिनुभयो । नेपाल इट्टा उद्योग महासंघका वरिष्ठ उपाधयक्ष शंकर बहादुर चन्दले देशभर रहेका एक हजार तीन सय ४९ इट्टा उद्योगमा वार्षिक पाँच लाख चार हजार ७५० टन कोईला खपत हुदै आएकोमा त्यसलाई कम गर्न १ नम्बर प्रदेशको दुहवीमा पहिलो पटक जय बाबा ईट्टा उद्योगमा बायोमास प्रयोग गरिएको
बताउनुभयो ।
वहाँले इट्टा उद्योगबाट कालो कार्बन, सल्फर डाईअक्साईट र कार्बन डाईअक्साईट ग्यास तथा अन्य सुक्ष्म पदार्थ उत्सर्जन गर्ने कारण इट्टा पोल्नका लागि प्रयोग हुने कोईला रहेकोले बैकल्पिक इन्धनको रुपमा बायोमास पेलेटको प्रयोग सुरु गरिएको बताउनुभयो । चन्दले बजारमा कोईलाको मूल्य एक दशकमा दुई सय प्रतिशत बढी मूल्य वृद्धि भएको र अर्को तिर कोईलाको अध्याधिक प्रयोगले वतावरणमा समेत असर परेकाले कोईलाको विकल्पमा बैकल्पिक इन्धनको रुपमा बायोमास पेलेटको प्रयोग सुरु गरिएको जानकारी दिनुभयो । वहाँले पेलेट आदि बायोमास इन्धनले अतिरिक्त घासपात, पराल, फोहोर , बनमारा सहितका खेर गईरहेका बस्तुको प्रयोग गर्ने र वतावरणमा पनि असर नपार्ने भएकाले उपयोगी समेत भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले आफ्नो पालिकाको चार इट्टा उद्योगको संरक्षक समेत रहेको बताउनुहुदै वतावरणमैत्री बायोमासको प्रयोग सुरु गरिएकोमा उद्योगीलाई धन्यवाद दिनुभयो । मेयर गच्छदारले नेपालबाट कोईलाका लागि मात्रै वर्षेनी १५ करोड ३७ लाख अमेरिकी डलर खर्च हुदै आएको र व्यपार घाटा समेत बढाउने भएकाले कोईलाको विकल्पमा प्लेट बायोमास आवश्यक रहेको बताउनुभयो ।
सुनसरीको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले इट्टा उद्योगहरुले स्थानीयलाई रोजगार दिनुपर्ने बताउनुभयो । प्रदुषण जती स्थानीयलाई र रोजगार जती विदेशीलाई दिएको गुनासो गर्नुहुदै यादवले स्थानीय तहमा रहेको उद्योगले स्थानीयलाई नै रोजगार दिनुपर्नेमा जोड दिनुभयो । बायोमासको प्रयोग उद्घाटन कार्यक्रममा विद्या बन्मली प्रधान, मिनर्जी संस्थाका सुएस प्रजापती, इट्टा उद्योग महासंघका प्रदेश २ प्रमुख विनय प्रसाद यादव सहितले सम्बोधन गर्नुहुदै कालो धुवा मुक्त उद्योग र प्रदेश बताउन बायोमास प्रयोग अनिवार्य आवश्यक भएको बताएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विशेश्वर रेग्मीले उद्योगीहरुको सवालमा कार्यालयको तर्फबाट सबै खाले सहयोग रहने बताउनुभयो ।
के हो बायोमास पेलेट ? यो वतावरणमैत्री इन्धन हो ।
जस्ले अतिरिक्त घासपातलाई व्यवस्थापन गर्छ, अन्य फोहोरलाई व्यवसायीक सम्भावना भएका सामग्रीको रुपमा पुर्नप्रयोग
गर्दछ । बायोमास खासमा फोहोरबाट बनाईने पेलेट वतावरणमैत्री उर्जाश्रोत हो जसले खाधान्न उर्मान चाहिने जमिनको प्रयोग दिगोग रहन्छ । बालीनालीबाट निस्कने फोहोरलाई व्यवसायीक सामग्रीको रुपमा पुर्नप्रयोग गर्नाले यस क्षेत्रको वाष्ुप्रदुषण्लाई उल्लेख्य मात्रामा बढाउने ढोड र गढ्ढा आदि पोल्ने अभ्यासलाई पनि प्रत्येक्ष सम्बोधन गर्दछ ।