दुहबी/सुनसरीको दुहबी ६ स्थित रहेको काली मन्दिरमा चोरी भएको छ। मन्दिरको दान पेटिकामा रहेको दुई बर्ष सम्मको पैसा ताला फुटाइ आईतवार राती चोरी भएको हो। प्रहरी स्रोतका अनुसार मन्दिरमा रहेको सिसिटिभि क्यामेरा मन्दीरको पुजारीले बन्द अवस्थामा राखेकाले पुजारीलाई सोधपुछ गर्न ईलाका प्रहरी कार्यालय दुहबीमा बोलाइएको हुँदा थप अनुसन्धान भइरहेको बताए। काली मन्दीर समितिका अध्यक्ष उमेश गोस्वामिका अनुसार मन्दीरको दानपेटिबाट चोरी भएको पुष्टि गर्दै मन्दीरका पुजारीले आफुखुसी ढंगबाट काम गर्दै आएको आरोप लाउदै पुजारीले मन्दीरको ३ वटा गोदाम घर समेत बन्द अवस्थामा राखेकोले आफुले ६ महिना अगाडीनै राजीनामा दिएपनि राजीनामा स्वीकृत न गरेको बताए । उता काली मन्दिरका पुजारीका अनुसार आफुले मन्दिर समितीका अध्यक्ष उमेश गोस्वामीलाई २ महिना देखि पटकपटक मन्दिरको सिसिटिभि क्यामेरा चल्न छोडेको विषयमा जानकारी गराउदा वास्ता न गरेको तथा मन्दिरको गोदाम घर समेत बन्द न राखेको दाबी गरेका छन् । दुहबीमा चोरको बिगबिगि बढ्न थालेकोले टोल टोलमा सिसिटिभि क्यामेरा जडान गर्नुपर्ने र प्रहरी गस्ती बढाउनुपर्ने स्थानीयहरुको भनाइ छ ।