दुहबी/सुनसरीको दुहबी ८ स्थित बटेरमारामा रहेको बिपि आधारभूत बिधालयकी प्रधान अध्यापकले ९ लाख ९५ हजार आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी परेको स्रोतले दाबी गरेको
छ। स्रोतका अनुसार २०७७ गत असोज महिनामा बिद्यालय ब्यवस्थापन समिति नबनेको अवस्थामा आफू खुशी बिद्यालयको खाताबाट आर्थिक हिनामिना गर्ने मनसायले सो रकम झिकेको दाबी गरे ।
उता सो बिषयमा बिपि आधारभूत बिधालयकी प्रधान अध्यापक निर्दल कुमारी चौधरीसँग बुझ्दा कुनैपनि आर्थिक हिनामिना न गरेको बताउँदै बिद्यालयको जिर्ण भवन पुननिर्माण गर्नकालागि सो रकम झिकेको स्विकार्दै सो भवनको नापीनक्सा बिभागबाट दुरुस्त नआएकोले सो रकम आफुसंगै राखेकोले गत बिहिवार सो रकम बिद्यालयको खातामा जम्मा गरेको बताईन । केही ब्यक्तीहरुले रिसिवी साध्न आफूलाई गलत आरोप लगाएको समेत चौधरीले बताइन् । अख्तियारमा उजुरी परे लगतै प्रअ चौधरीले सो रकम विद्यालयको खातामा जम्मा गरेको हुन सक्ने स्रोतको दाबी छ। अख्तियारमा उजुरी परे लगतै प्रअ चौधरीले सो रकम विद्यालयको खातामा जम्मा गरेको हुन सक्ने स्रोतको दाबी छ।