दुहबी/सुनसरिको दुहबि नगरपालिका वडा नम्बर ७ मा १५ शैय्याको नगर अस्पताल बन्ने भएको छ। आज बिधिवत रुपमा नगर प्रमुख बेदनारायण गच्छदारले उक्त अस्पताल बन्ने जग्गाको माटो परिक्षणको अनुगमन गरेका छन।
बिगत केहि समय देखि उक्त नगर अस्पताल बनाउन चाहिने आबस्यकिय १५ कट्ठा जग्गा खोजि कार्य गरेको भएपनि अन्ततः ३ बिगाह ५ कठ्ठा जग्गा दुहबि ७ मा फेला परेको र सोहि स्थानमा उक्त अस्पताल निर्माण थाल्न पहिलो चरणको कार्य स्वरुप माटो परिक्षण गरिएको र यस्लाइ छिटै नै निर्माण सम्पन्न गरि सेवा प्रवाह गरिने नगर प्रमुख गच्छदारले बताए। कुल लागत १८ करोडमा निर्माण सम्पन्न हुने उक्त अस्पताल निर्माण पस्चात नगरका अधिकान्स क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने छन।
हामि जिबित हुदै यस्तो अस्पताल बन्ला र सेवा लिन पाइएला भनेर नसोचेको तर अहिले आखै अगाडि १५ सैयाको अस्पताल बन्नलागेको देख्दा आफु धेरै खुसि भएको एक स्थानिय वृद्धले बताए। दुहबिमा सुबिधा सम्पन्न एक मात्र सुनसरी सामुदायिक अस्पताल १५ शैय्याको छ।