दुहबी/सुनसरीको दुहबी नगरपालिका ५ स्थित घर भएकि महिला अधिकारबादी सुनिता बिश्वास चौधरि आफु बिगत २८ बर्षदेखि पिडामा रहेको बताएकी छिन । बिश्वासको भनाइ अनुसार २०४९ साल माघ १६ गते बिहे साबिकको सोनापुर गाबिस १ हाल दुहबी ८ बटेरमारा घर भएका वीर नारायण चौधरीसंग मागि बिवाहा भएको बताईन ।
बिश्वास भन्छिन बिवाहाको केही दिन सम्म सम्बन्ध ,ठिक ठाकै रहेको थियो तर केही दिन पछि आफु माथी श्रीमान वीर नारायण चौधरी लगायत परिवार समेतले आफू माथी बिनाकारण कुटपिट तथा घरेलु हिंसा गर्न सुरुवात गरि गर्भमा चार महिनाको बच्चा समेत हुदा घर बाट निकाला समेत गरि बिगत २७ बर्स देखि आफू र आफ्नो छोरा लाई लाउन खान नदिएको समेत बिश्वासले गुनासो पोखिन ।
बिहेनै नगरिकन अवैधरुपमा सरिता चौधरि नाम गरेकि एक महिलासंग बिगत २५ र्बर्षदेखि बस्दै आएकोमा आफू अझ अन्यामा परेको बिश्वासले गुनासो पोखिन।
सो अवैध सम्बन्धको बारेमा स्थानीय समुन्द्र बिश्वास संग बुझदा विर नारायण चौधरीले सरिता चौधरी नाम भएकि महिला संगै बस्दै आएको बताए । अर्का स्थानीय दुखा राम चौधरीले भन्छन विर नारायण चौधरी संग सरिता नाम भएकि महिला बिगत लामो समय देखि संगै बस्दै आएको बताए ।
स्थानीय बालेश्वर चौधरी र मन्सरि उराँव भन्छन अवैध रूपमा श्रीमान श्रीमती भए जस्तो संगै उठ बस गर्दा समाजमा नकारात्मक प्रभाव असर बढदै गएको आक्रोश पोखे ।