दुहबी/सुनसरीको दुहबीमा यो साता ३ ठाउँमा चोरी भएको छ। दुहबी नगरपालिका अगाडी रहेको २ वटा सुन पसल र दुहबी ३ को एक घरमा चोरी हुँदा ५ लाख ५० हजार बढीको चोरी भएको पीडितले दाबी गरेका छन् । बुधबार राती दुहबी ५ स्थित न्यू बिकास ज्वेलर्समा चोरी भएको थियो । बिकास ज्वेलर्सका प्रोपाइटर बिकास स्वर्णकारका अनुसार आफ्नो पसलमा चोरी हुँदा १ लाख ५० हजारको गहना चोरी भएको बताए । आफ्नै पसल छेउमा चिन्टु स्वर्णकारको पसलमा समेत चोरी गर्न खोज्दा आज एक जना चोर पक्राउ गरिएको बताउदैं उनले तीन पटक आफ्नो पसलमा चोरी भएको समेत बताए। यसैगरी ३ दिन अगाडी दुहबी ३ कि तनिमा चौधरीको घरमा गरगहना सहित ४ लाख बढीको समान चोरी भएको चौधरीले बताइन। सुरक्षा ब्यबस्था कडा पारेर ठाउँ-ठाउँमा सिसिटिभि क्यमेरा जडान गर्न सरोकारवालाहरु जाग्नु पर्ने स्थानीयहरुको भनाइ रहेको छ।