दुहबी/सुनसरीको दुहबी ४ स्थित प्रगति टोलमा ठुलो दुर्घटना हुन बाट जोगिएको छ। वुधवार बिहान स–साना विद्यार्थी बोकेको दुहबीको मेघानन्द स्कुलको को १ च ९६६९ नम्बरको सो भ्यान बाटो नजिकै रहेको ट्याङग्रा खोलामा झर्नबाट जोगिएको थियो। बच्चाहरुलाइ स्कुल लैजाने क्रममा उक्त गाडी सो बाटोमा भाँसिएको थियो। वडा कार्यालयलाई पटक–पटक जानकारी गराउदा समेत बाटो न बनेको भन्दै स्थानीयहरु आक्रोसित भएका थिए। सो ठाउँमा दुर्घटनाको उच्च जोखिम रहेको छ ।