दुहबी/सुनसरीको दुहबीमा जारि तेस्रो मेयरकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा दुहबी वडा नम्बर ७ ले दुहबी वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। दुहबी वडा नम्बर ७ का खेलाडी चौधरीले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए। दुहबी वडा नम्बर ७ का खेलाडी दिलिप चौधरी खेलको म्यान अफ द म्याच घोषित भए। उनलाइ दुहबी वडा नम्बर ७ का वडाध्यक्ष बिजयकुमार चौधरीले नगद २ हजार तथा मेडल प्रदान गरेका थिए। प्रतियोगितामा प्रथम हुने वडाले उपाधी सहित १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन्। मंगलवारको अन्तिम प्रिक्वाटर फाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर ५ बिच हुनेछ।