दुहबी/सुनसरीको गढि गाउँपालिका दुई स्थित औरावनिमा शनिवार एक घरमा डोजर लगाई घर भत्काउदा चौधरी परिवारको बिचल्ली भएको सोमबार गढिमा पत्रकार सम्मेलन मार्फत एक परिवारले जानकारी गराएका छन । बिचल्ली परिवारका देवनारायण चौधरीका अनुसार आफूहरु २ सय बर्षदेखि सो ठाउँमा रहेको एक कठ्ठा जग्गामा बसोबास गर्दै आईरहेकोमा जग्गा धनि फरर्वाड माईक्रो फाईनन्स दुहबीका सिईओ आशनारायण चौधरिले घर जग्गा खालि गर्न कुनै किसिमको जानकारी नगराईकन अचानक कोहि घरमा नभएको बेला मौका छोपि शनिवार दिनको करिब २ बजेको समयमा उनका छोरा अतित चौधरी लगायत केही युवाहरूको समुह प्रयोग गरि घर माथि डोजर लगाई भत्काउदा पाँच तोला सुनको गहना सहित नगद ६० हजार डोजर लगाउने क्रममा हराएको उनको आरोप रहेकोछ ।
उनका अनुसार आफु संग जगा जमिन नहुदा अचानक घर भत्काउदा जाडोको समयमा बिचल्ली भएको दुखेसो पोखदै आफ्नो परिवारको ५ सदस्यहरुकालागि बास स्थानको माँग सहित उचित क्षतिपुर्ति उप्लबध गराई दिन हुन सबै सरोकारबालासँग पत्रकार सम्मेलन मार्फत अपिल गरेकाछन । सो विषयमा जग्गा धनि आशनारायण चौधरिसँग बुझ्दा आफ्नो जग्गामा सो परिवार बसोवास गर्दै आएकोले सो परिवारलाइ अन्य ठाउँमा रहेको जग्गामा पाउँने मोहयानी हक दिइ सकेकोले आफुले पटक–पटक सो जग्गा खालि गर्न भनेपनि अटेर गरि उल्टै आफ्नो
परिवारलाई गाली बेज्जति गर्न थाले पछि आफ्ना छोरा अतित चौधरीले दिक्क भइ घर भत्काउन लगाएको बताए ।