सुनसरी/सुनसरीको दुहबीमा माघी महोत्सवको रौनक छाएको छ। थारु कल्याणकारीणी सभा दुहबीको आयोजनामा तिला संक्रान्तीको अबसर पारेर सम्पन्न भएको माघी महोत्सवमा प्रमुख अतिथि रहनु भएका दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुभकामना मन्तव्य दिनु हुँदै थारु संस्कृति जगेर्ना गर्न थारुहरु एक भएर लाग्नुपर्नेमा जोड दिनु हुँदै राज्यले थारु जातीमाथी गरेको दमनको विरुद्धमा थारु कल्याणकारीणी सभा र थारु विद्यार्थी समाजको अगुवाइमा आन्दोलन गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो।
दुहबीमा माघी महोत्सवको अबसर पारेर थारु आयोगका सदस्य भोलाराम चौधरीलाई सम्मान गरिएको थियो। दुहबीमा भएको माघी महोत्सवमा थारु अगुवाहरुले थारु समाजमा भएको सामाजिक बिकृती अन्त्यकालागी र सामाजिक रुपान्तरणकालागी सबै थारु एक भएर लाग्नुपर्ने बताउनुभयो । माघी महोत्सवमा थाकस नेपालका केन्द्रिय सल्लाहकार मिलिराम चौधरीले माघी पर्बको महत्त्वको बारेमा प्रकाश पार्नु भएको थियो।