सुनसरी/नेपालि काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ (क) ले आयोजना गरेको ओलिको असम्बैधानिक कदमको बिरोध कार्यक्रम पुस २५ गते इटहरी मा सम्पन्न भएको छ। प्रदेश क कि सभापति बिमला प्रधानको सभापतित्वमा सन्चालन उक्त बिरोध सभामा केन्द्रिय नेता कल्पना चौधरी ,माहासमिति सदस्य कुमार थापा,प्रदिप चौधरी ,दुहबि नगर पालिकाका प्रमुख बेदनारायण गच्छदार ,दिपक ढकाल लगाएत सम्पुर्ण भातृ संघ ,सुभेक्षुक सस्था लगाएत युवा हरुको ब्यापक उपस्थित रहेको थियो। जनता माबिको प्राङ्गण बाट सुरु भएको उक्त र्यालिमा उत्साहजनक सहभागि हरुले ओलि बिरुद्ध चर्का नाराहरु लगाउदै इटहरी चौकमा आएर कोण सभामा परिणत भएको थियो।
कार्यक्रम मा बोल्दै दुहबि नगर पालिका का प्रमुख तथा उर्जाशिल प्रखर बक्ता बेदनारायण गच्छदारले बर्तमान ओलि सरकारको रबैया,दम्भ र सम्बैधानिक कु को विरुद्धमा घोर भत्र्सना गर्नु भएको थियो। कार्यक्रममा बोल्दै मेयर गच्छदारले सम्बिधान मै उल्लेख नभएको चोर बाटो बाट पसेर राज्यलाइ अनिर्णयको बन्दि बनाउदै जनतालाइ प्रजा बनाइ तानाशाहि तन्त्र लाध्ने दुस्साहस गरेको तर यस्को विरुद्धमा काङ्ग्रेस ले जस्तो सुकै कदम चाल्न पछि नहट्ने बताउनु भयो। जनतालाइ माछा देखाएर भ्यागुतो हातमा हाल्दिने जालि ओलि प्रबृत्तिको अन्त्य गराएरै छाड्ने र यस्तै छाडा प्रवृत्ति बढाउदै गए श्री ३ ओलि र श्री ५ बडामहारानि दुबै लाइ सडक बाट नै जनताले सत्ता च्युत गर्ने चेतावनि दिनु भयो। सम्बिधानको धारा ७६ को उपधार १,२,३,४,५ ले धार ८५ सगको आशय माथि छुनै नसक्ने जिकिर गर्दै गच्छदार ले बिगतको सम्सद विघटन ४७ को सम्बिधान ले दिएको बाटो अनुसार भएको ले अहिले को ओलि प्रबृत्ति बिल्कुल प्रतिगमन भएको उल्लेख गर्नु भयो। जनताले ५ बर्ष कुर्सिमा बस,हाम्रो सेवा गर भनेर पठाएको ओलि अहिले सत्ता चलाउन नसकेर फेरि चुनाव मा जान्छु भन्नु फेरि जनतालाइ भुलभुलैया मा पार्ने प्रपन्च मात्रै रहेको,राज्य आफुमा अन्तर्निहित गरि तानाशाहि बाटो समाएको प्रति आपत्ति जनाउनु भयो। बयल गाढा मा चढेर अमेरिका हिडेको ओलि बालुवाटार भित्र छिरे पछि आफैलाइ सर्वसक्तिमान ठानेर ६२/६३ को आन्दोलनको उपलब्धि सिध्याउने दुस्साहस देशको दुर्भाग्य हुने भएकोले यस्को लागि प्रजातन्त्र को रक्षा र जनताको पक्षमा मेरुदण्ड बनेर लड्दै आएको काङ्ग्रेस ले कुनै हालतमा सफल हुन नदिने ठोकुवा समेत गर्नु भयो।
कार्यक्रम मा बोल्दै प्रदेश ख का युवा नेता दिपक ढकाल ले ओलि र विद्या भन्डारि सत्ता उन्मादले छट्पाएको र जनताले यसरि दुख झेल्नु परेको बताउनु भएको थियो।