दुहबी/सुनसरीको दुहबी ३ स्थित सुनसरी सामुदायिक अस्पतालको आयोजनामा आज भएको बृहत रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ। रेडक्रस सोसाइटी नेपालको प्राबिधिक सहयोगमा अस्पताल परिसरमा भएको बृहत रक्तदान कार्यक्रममा स्थानीय युबाहरु लगायतले रक्तदान गरेका थिए। दुहबीमा रगतको अभाव हुन न दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका अध्यक्ष सन्तोष कुमार सिंहले जनाए।