अर्जुन खडका/दुहबी
४५ औ बिपि कोइराला मेलमिलाप दिवसको उपलक्ष्य मा सुनसरि क्षेत्र नम्बर ३ प्रदेश (क) र (ख) मा छुट्टाछुट्टै कार्यक्रम को आयोजना भएको थियो। उक्त कार्यक्रम मा सुनसरी को दुहबि नगरपालिका प्रमुख तथा युवा अनि उर्जाशिल मेयर बेद गच्छदार को गुन्जायमान अभिव्यक्तिले उपस्थित समुदायबाट वाह वाहि पाएको थियो। गच्छदार ले बिपि को मेलमिलाप निति तथा बर्तमान केपि ओलिको राजनैति कुन्ठाले ओतप्रोत धोका साथै कोभिड १९ माहामारिले प्रताडित जन समुदायले भोग्नु परेको असहैय पिडा बारेमा जोडदार अभिब्यक्ति दिनु भएको थियो।
बिपि कोइराला ले रास्टृय मेलमिलाप निति लिएर नेपाल फिर्ती नगरेको भए आज हाम्रो सार्भौमिकता,अखन्डता र स्वाभिमान कुन्ठित हुदै बिदेशि दलालको दास बन्नु पर्ने बाध्यताको सिकार हुनु पर्ने आशय पस्किदै गच्छदार ले भन्नु भयो त्यो बेलाको बिसम परिस्थिति मत्रै हैन मुलुकमा प्रजातन्त्र स्थापनाको लागि काङ्ग्रेस को भुमिका साथै ४६ र ६२/६३ मा काङ्ग्रेस को भुमिका को औचित्य प्रकास पार्नु भएको थियो। गच्छदार ले भन्नु भयो केपि ओलि जति बेला बयलगाढा चढेर अमेरिका जादै गर्दा ७ दल लोकतन्त्र को लागि लढ्दै थियो,तत्कालिन बाम घटक हरु निर्दलमा भोट हाल्दै गर्दा काङ्ग्रेस बहुदलको पक्षमा मृत्यु दन्ड को सजाय सुन्दै थियो, मजदुरको घाटि रेटेर आफ्नो स्वार्थ पुर्ति गर्न उद्दत हुदै गर्दा जनताको पक्षेमा लड्दै थियो तर आज त्यहि हत्यारा ओलि जस्ले गरिब सर्वहारा को ओकालात गर्थे उहि प्रधानमन्त्री हुदासमेत जनताले लडेर ल्याएको लोकतन्त्रलाइ नि बन्धक बनाइ सम्सद बिघटन गर्दै तानाशाहि तन्त्रमा उन्मुख भएको छ यस्ले सिङ्गै लोक तन्त्र अनि जनताको म्यान्डेड नै धरासायि भएको हुदा यस्को बिरुद्ध आम नागरिक फेरि एक पटक सडक मा उत्रीनु आबस्यक रहेको प्रस्टाउनु भयो। ओलिले चुनाव गर्ने नियतले मिति घोसणा गरेको नभै आत्मकेन्दृत अभिस्ट पुरा गर्न जनतालाइ दासको बन्दि बनाउदै मुलुकलाइ अन्तरास्ट्रिय चलखेल गराइ लेन्डुप शैलिमा अग्रसर गराउने उदेश्य सहित अगाडि बढेको प्रस्ट बनाउनु भयो ।
मुलुक कोभिडको प्रकोपले ग्रस्त भएको बेला एउटा खोप दिन नसक्ने, पि सि आर परिक्षण गर्न नसक्ने ओलि सरकार १२ अर्ब रुपियाको चुनाव गराउन कसरि सक्छ? गच्छदार ले यस्ता प्रस्नै प्रस्नको गहन र गहकिला रास्टृय हित र जनसरोकारका बिसय उठाउदा उपस्थित समुदायले तालिको बर्सा गरेका थिए। कार्यक्रम मा बोल्ने अधिकान्श बक्ताहरुले केपि ओलि को यो कदम असम्बैधानिक त छदैछ तर यो जनताको लागि धोका समेत रहेको प्रस्ट्याएका थिए। जिल्ला सदस्य महेश बास्तोलाले आगामि दिनमा काङ्ग्रेस आफुमा मिलेर जानु को बिकल्प नरहेको बताएका थिए। माहा समिति सदस्य कुमार थापाले काङ्ग्रेस को इतिहास र बर्तमान सधै जनसरोकार केन्दृत रहेको बताउनु भएको थियो। बरिस्ठ नेता प्रदिप चौधरिले युवा भनाउदा हरु ले पाका नेता हरुको कदर नगरेको हुदा काङ्ग्रेस बिचलनको बाटो हिडेको बताएका थिए। नेता चौधरिले युवा समुदायलाइ होच्याउने खालको अभिब्यक्ति दिदा धेरैले प्रश्न गरेका थिए। इटहरी नगर सभापति हेम कर्ण पौडेलले काङ्ग्रेस को स्पस्ट धारणा न आएको हुदा सडक कि मौन भन्ने अन्योल भएको बताएका थिए। स्थानिय युवा नेता तेजेन्द्र कार्किले सबै काङ्ग्रेस नन मिलेर जानुको बिकल्प नरहेको बतएका थिए।
मेलमिलापको अवसरमा आयोजना गरिएको उक्त कर्यक्रममा गढि गाउपालिका का प्रमुख श्रीप्रसाद यादबले तेरो मेरो नभनि सबै नेता कार्यकर्ता को साझेदारिमा पार्टी चल्नु पर्ने साथै बिपिको दिशा निर्देश अनुसार ध्यान केन्दृत भए बर्तमन समस्या समाधन हुने बताएका थिए। प्रदेश क को कार्यक्रम खनार को रेडक्रश भवनमा ब्यापक जनसमुदायको उपस्थित सहित सम्पन्न भएको थियो। प्रदेश क कि सभापति बिमला प्रधान को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम मा केन्द्रदेखि स्थानिय सम्मका नेता तथा कार्यकर्ता हरुको उपस्थित रहेको थियो।







