दुहबी/सुनसरीको दुहबी ५ स्थित श्रीजनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बृहत रक्तदान कार्यक्रम समपन्न भएको छ। मंगलवार संस्थाको आफ्नै भवनमा भएको रक्तदान कार्यक्रममा १४ महिला र ३५ जना पुरुषले रक्तदान गरेका थिए। । रेडक्रस सोसाईटि नेपालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष मिलिराम चौधरीले रक्तदानको महत्वको बारेमा जानकारी दिनुहुँदै संस्थाको निति अनुरुप २१ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँनुभयोे । सो अवसरमा संस्थाले सम्पूर्ण सेवा शुल्क छुट गरे लगतै ७५ जना सदस्य बृद्धि भइ ३ लाख ७५ हजार बराबरको शेयर बिक्री भएको संस्थाका लेखापाल घनश्याम चौधरीले जानकारि दिएका छन ।