दुहबी/सुनसरीको दुहबी २ स्थित संचालनमा रहेको एसटि कार्पेट उधोगमा काम गर्ने सिलसिलामा मेसिनबाट एक मजदुरको औला काटेको १६ बर्ष पुग्दा समेत सो उधोगले क्षतिपूर्ति नदिएको सो उद्योगका एक मजदुरले गुनासो गरेका छन । सुनसरीको दुहबी वडा नम्बर २ घर भएका सो उद्योगका मजदुर किशोर मगरका अनुसार २०६१ साल कार्तिक २० गते काम गर्ने क्रममा मेसिनमा हातको चोर औंला काटीएको हुँदा हाल सो घटनाको १६ बर्ष पुग्दा समेत कुनै प्रकारको क्षतिपूर्ति नदिएको गुनासो पोखेका छन ।
उनका अनुसार क्षतिपूर्तिकोलागि उद्योग व्यवस्थापन सँग पटकपटक माग राख्दा अटेर गरेपछि आफू श्रम कार्यलय विराटनगरमा उजुरी दिए पछि श्रम कारर्यलय विराटनगरले शारिरिक क्षतिको प्रतिशत निर्धारण गरि सो उद्योगलाई पटकपटक क्षतिपूर्तिको लागि तागेता गर्दा समेत उद्योग व्यवस्थापनले हाल सम्म पनि अटेर गरिरहेको बताएका छन ।
उनी भन्छन सो उद्योगका संचालक बिलो भनिने बिरेन्द्र साह र सुनिल तिग्रवाललाइ आफ्नो समस्या बताउँदा मेनेजरसँग गएर भेट्नु् भन्दै आलटाल गरेको तर आफू क्षती पुर्ती माग्न जादा उद्योगका मेनेजर मनोज दुबेले १ महिनाको तलब बराबरको क्षतीपुर्ति लानु भने, तर अहिले आएर तिमिले क्षतिपूर्तित लगिसकेको हो भनेर आफूसँंग ठुलो बैमानि गर्न खोजि हामी जस्तो गरिब मजदुरलाई हेला गरि पिंडा माथि थप पिडा थपिए पछि आफू र आफ्नो परिवार निकै दुखी भएको बताए ।
उनले भने उद्योग सुरु भएकै बेला देखि २४ वर्ष सोही उधोगमा ईमान्दारिका साथ काम गरेको हु बिगत १ बर्स अगाडि सो उधोगको रोजगार बाट अवकाश भई हाल बेरोजगार भए अवस्थामा आफुले श्रम गर्ने हातको औंला नभएको कारण केहि काम गर्ने अवस्थामा नभएको हुँदा आफ्नो परिवार पाल्न कठिनाइ भएको र्र्छ नत रोजगारछ नत आफ्नो हातको आंैला काटेको क्षती पुर्ती पाउन सकेको छु ।
उनले आफू निकै अन्यायमा परेको हँुदा न्यायको लागि सबै
सरोकार बाला संग समेत मगरले अपिल गरेका छन । सो विषयमा उद्योगका अर्का मेनेजर रमेश सुवेदि संग बुझ्न खोजदा केही बोल्न चाहेनन ।