दुहबी/सुनसरीको दुहबीमा दुहबी स्पोट्स ऐकेडमीको उद्घाटन तथा खेलकुद सामाग्रि बितरण भएको छ। दुहबी रंगशालामा शनिवार दुहबी स्पोट्स ऐकेडमीको समुद्घाटन तथा खेलकुद सामाग्रि बितरण गर्नुहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले बिभिन्न खेल र खेलाडीहरुको उर्वराभुमी भएको दुहबी नगरिमा बिभिन्न खेलकालागि आवश्यक ठुला योजनाहरु संचालन भएको जानकारि दिनुहुँदै यस दुहबी स्पोट्स ऐकेडमीसँग सहकार्य गर्दै खेलाडीहरुको भविष्य उज्वल बनाउँने सन्दर्भमा सक्दो सहयोग गर्ने बताउँनुभयो ।
उक्त कार्यक्रममा नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य बिनय पोखरेलले यस्ता स्पोट्स ऐकेडमी संचालन गर्दा खेल र खेलाडीहरुको भविष्य उज्वल हुँने कुरामा आफु बिस्वस्त रहेको बताउँनुभयो । कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दिपक राईले स्पोट्स ऐकेडमीको माध्यमबाट राम्रा खेलाडीहरु छनौट हुँने तथा खेलाडीको खेल्ने जगको रुपमा यस्ता ऐकेडमीको आवश्यकता रहेको औंल्याउनुभयो ।
दुहबी स्पोट्स ऐकेडमीका अध्यक्ष निश्चलराज शाक्यले
दुहबी तथा दुहबी आसपासका गाउँहरुबाट राम्रा क्षमतावान खेलाडीहरुको पहिचान गरि यस दुहबी स्पोट्स ऐकेडमीमा प्रशिक्षण गराउने उदेश्य रहेको बताउँनुभयो । अध्यक्ष शाक्यले यस ऐकेडमीका ३० जना खेलाडीहरुलाइ निशुल्क पठन पाठनको व्यवस्था मिलाएको जानकारि दिनुहुँदै सो कार्यलाइ बढाउँदै लैजाने बताउँनुभयो । खेलाडीहरुको स्वास्थ्यको हेरविचार गर्दै खेलाडीहरुको स्वास्थ्य
बिमा गर्ने तथा सामाजिक कार्यहरुमा यस दुहबी स्पोट्स ऐकेडमीको महत्वपूर्ण भुमिका रहँने समेत बताउँनुभयो। सो कार्यक्रममा स्वागत मन्तव्य दुहबी स्पोट्स ऐकेडमीका स.सचिव रवि कार्कीले दिनुभएको थियो।