सुनसरीको गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण समारोह समपन्न भएको छ।
डिजिटल आदर्श गढी निर्माण समुह गढीको आयोजनामा बुधवार गढी गाउँपालिका स्थित छिटाहामा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको छ ।
रेडक्रस सोसाईटि नेपालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यूथ फर ब्लडका यूवाहरु प्रबिण अग्रहरी,बिकास स्र्वणकार,लेसन साँपकोटा,मनिसा साहले रक्तदानको महत्वको बारेमा जानकारी दिएका थिए। गढी गाउँपालिकाको संयोजनमा भएको उक्त कार्यक्रममा गढीमा भएको फुटबल र क्रिकेट प्रतियोगितामा प्रथम र दोश्रो हुँने टिमलाइ पुरस्कार बितरण गरिएको थियो ।
क्रिकेट टूर्नामेन्टमा प्रथम हुँने गढीको भमरि वारियर्स र दोश्रो हुँने टिम गढीको छपकी सुपर किङ तथा फुटबल टूर्नामेन्टमा प्रथम हुँने गढीको मधेली (ए) र दोश्रो हुँने टिम गढीको औराबनी(बी)लाइ कार्यक्रमका प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र बिशिष्ठ अतिथि गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी, सुनसरी क्रिकेट संघका कार्यकारी सम्पादन संयोजक बिप्लव घोसले संयुक्तरुपमा पुरस्कार बितरण गरेका थिए। गढी गाउँपालिका अन्तर्गतका १२ ओटा समुहमा खेलाइएको उक्त प्रतियोगितामा प्रथम र दोश्रो हुँने टिमलाइ शिल्ड प्रमाणपत्र,मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी,लेखा अधिकृत दिलबहादुर खड्का लगायतका स्थानिय नेता कार्यकर्ता बुद्धिजिविहरुको सहभागिता रहेको थियो । डिजिटल आदर्श गढी निर्माण समुह गढीका सदस्य सुवास चौधरीको अध्यक्षतामा भएको कार्यक्रम संचालन सो समुहका श्रवणकुमार यादवले गरेका थिए ।