सुनसरीको दुहबी ११ स्थित तनमुनामा दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले आज अस्थायी प्रहरी चौकीको समुदघाटन गर्नु भएको छ। समुदघाट्न कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर गच्छदारले शुभकामना मन्तव्य दिनुहुँदै यस क्षेत्र अत्यन्तै जोखिमपूर्ण रहेकोले प्रहरी चौकीको नितान्त आवश्यक रहेकोले आफू सुरु देखिनै लागि परेको बताउनु हुँदै अस्थायी प्रहरी चौकिले शान्ति सुरक्षा कायम गर्न ठुलो सहयोग पुग्ने बताउनु भयो। मेयर गच्छदारले दुहबीलाई समृद्ध बनाउन अन्य धेरै बिकास योजनाका काम हरु सुरु भइ सकेको समेत बताउनुभयो। प्रहरी चौकी स्थापना भएसंगै अपराधको संख्यालाई रोक्न र शान्तिपूर्ण समाजको स्थापना गर्नकालागि योगदान पुग्ने इप्रका दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुङले बताए। स्थानीय तह र स्थानीयहरुको सहयोगमा अस्थायी प्रहरी चौकिको स्थापना भएको हो। जग्गादाता नेमनारायण चौधरीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाहले शुभकामना मन्तव्य दिनु हुँदै प्रहरी चौकीले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो। समुदघाटन कार्यक्रममा वडाअध्यहरु,वडा सदस्यहरु प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार नेउपाने,जिप्रका सुनसरीका प्रनाउ नरेन्द्र कार्की लगायत स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो।