सुनसरीको दुहबी बजार अनुगमनमा नबजात शिसुले खाने सेर्लेक्स देखि खाधान्न,तेल, मसाला लगायतका सामानको म्याद गुज्रिएको भेटिएपछी ती सामानहरु जफ्त गरि नस्ट गरिएको छ। दुहबी ३ स्थित दुहबी सपिङ सेन्टरमा ८ पिस आधा लिटरको धारा तेल म्याद गुज्रिएको भेटिएको थियो। यसैगरी दुहबी ३ स्थित मनिस किराना पसलमा चकलेट, तेल, बेसन,मखाना, मिक्स खिर लगायतका धेरै खाधान्न सामाग्री म्याद गुज्रिएको भेटिएको थियो। यसैगरी दुहबी ५ स्थित रहेको अन्नपूर्ण किराना पसलमा नबजात शिसुले खाने सेर्लेक्स आहार, २४ प्याकेट फुरन दाना, रसना र ३ बोरा नमकिनको म्याद गुज्रिएको भेटिएको थियो।
यसैगरी दुहबी ५ स्थित रहेको मारुती किराना पसलमा ४ प्याकेट बिरेनुन, बिस्कुट, तेल, मसाला, सुजि र २० लिटर ससको म्याद गुज्रिएको भेटिएको थियो। ती पसलहरुमा मूल्य सुचि समेत भेटिएको थिएन। आज दुहबी बजार स्थित ५ वटा होलसेल तथा डिपार्टमेन्ट स्टोरमा गरिएको अनुगमनको क्रममा एस्तो भेटिएपछी अनुगमन समितीका संयोजक तथा दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाहले ती पसल संचालकहरुलाई जरिवाना सहित कार्वाही गर्ने चेतावनी दिनु भएको थियो। अनुगमनमा उपभोक्ता मंच नेपाल सुनसरी का अध्यक्ष ठगेन्द्र प्रशाद आचार्य, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रअ चिरञ्जीवी भट्टराई, घरेलु तथा आअना उद्योग कार्यालय सुनसरीका उद्योग अधिकृत मेघराज बस्नेत, दुहबी उद्योग बाणिज्य संघका कोषाअध्यक्ष प्यारचन्द चौधरी,इप्रका दुहबीका प्रनि, प्रहरीहरु लगायतले अनुगमन गरेका थिए।