प्रदेश १ मा गएको २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् भने कोरोनामुक्त भएर ७१ जना डिस्चार्ज भएका छन् । शनिबार मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ । प्रदेशबाट शनिबार ७१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन र कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ । प्रदेशमा शनिबार १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।