सुनसरीको दुहबीमा आज १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको दुहबी स्वास्थ्य शाखाले पुस्टि गरेको छ।
उनिहरु दुहबी २ का दुई जना ६६ बर्षकि महिला र ६६ बर्षका पुरुष, दुहबी ५ का ४२ बर्षका पुरुष,दुहबी ६ का २५ बर्षका पुरुष, दुहबी ७ का ४ जना २२,३६, र ४५ बर्षका पुरुष र ३६ बर्षकि महिला संक्रमित रहेकि छिन। यसैगरी दुहबी ८ का ४ जना मध्ये २ जना २४ र ३० बर्षकि महिला र २ जना १९ र ३३ बर्षका पुरुष रहेका छन् । यसैगरी दुहबी ३ स्थित रहेकोे सिभिल बैंकका एक जना कर्मचारी ३४ बर्षका पुरुष संक्रमित रहेकोे दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ । दुहबीमा जम्मा संक्रमित २ सय ५ जना मध्ये ५७ जना निको भएका छन्।