प्रदेश १ मा शनिबार ७७ जना कोरोना संक्रमित थपिएका
छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको
छ । मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा ५ महिला र ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिलामा कोरोना देखिएको छ ।
सुनसरीको इटहरीमा २ महिला र ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ ।
प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । कालिसदन आईसोलेसन विराटनगरबाट २० जना, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९ जना, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ जना र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको
छ ।
प्रदेश १ मा शनिबार १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।