सुनसरीको दुहबीमा थप ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। उनिहरु दुहबी २ का २३ बर्षका एक पुरुष, दुहबी ४ का ४३ बर्षका एक पुरुष र दुहबीमा रहेको बिबेक ईन्टर प्राइजेस(आइएमइ) का २३ बर्षकि महिला कर्मचारी, कन्ट्याक्ट् ट्रेसिङको आधारमा रामधुनी वडा नम्बर ९ घर भएका ३२ बर्षका एक पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको दुहबी स्वास्थ्य शाखाकि फोकल पर्सन पिंकी भगतले बताइन। २३ गते ९७ जनाको स्वाब लिएको मध्ये ७८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनाको पोजेटिभ र १५ जनाको रिपोर्ट आउन बाकी रहेको छ। दुहबीमा १७१ जना संक्रमित मध्ये ५२ जना निको भएका छन्।