दुहबी वडा नम्बर ६ को कार्यालयले आफ्नो वडामा कोरोना संक्रमण भएका घर परिवारलाई राहत वितरण गरेको छ।
आज सो वडामा संक्रमण भएको घर-घरमा गएर राहत बाडिएको वडाअध्यक्ष मुन्ना हलुवाइले जानकारी दिएका छन् ।
उनिहरुलाई १५ केजि चामल,दाल,तेल,नुन,साबुन लगायतको खाधान्न सामाग्री र सेनेटाइजर, मास्क वितरण गरिएको वडाअध्यक्ष हलुवाइले जनाए। दुहबीमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ भने २४ जना निको भएर घर फर्की सकेका छन्।