प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका
छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५९१ पुगेको छ ।
प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज सम्म ९१ ह्जार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।