नेकपा पाटिका भातृ संगठन अखिल नेपाल ट्रेड युनियन माहासंघ प्रदेश १ का मजदुर नेता भानु मैनालि संग कोचिला खबर ले गरेको कुराकानिमा श्रमिक सूचना बैङ्क स्थापना निर्णय प्रति मैनालिको यस्तो धारणा आएको छ।
हालै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सूचना बैङ्क निर्णय स्वागतयोग्य भएता पनि राज्यले गरेको हरेक सहमति हरु कार्यन्यन पक्ष फितलो देखिन्छ ।
हाल सम्म सामाजिक सुरक्षामा नेपालमा भएका १९ हजार श्रमिक हरु मात्र सामाजिक सुरक्षामा सुचिकृत छन । बाकी मजदुरहरुको अवस्था भने दयनीय हुदा समेत राज्यको सो मजदुर हरु प्रति ध्यानाकर्षण नभएको देखिन्छ ।
राज्य , व्यवसायि , ट्रेड युनियन बिच भएको सहमति लथालिङ्ग देखिछन । श्रम कटौती गर्नेमा राज्य र व्यवसायी दुबै पक्ष बाट भएको देखिन्छ ।
करार ज्यालादारिको नाममा सरकारले उधोग व्यवसायी संग मिलेर विभिन्न बाहाना देखार मजदुर हरुले पाउने सुबिधा नपाएको अवस्था देखदा समेत व्यवसायी माथि कुनै ईमान्दारिता नदेखिएको अवस्थामा श्रमिक सूचना बैङ्क बाट खासै उपल्बधि हुने अवस्था देखिदैन ।
ईमान्दारिका साथ लागू गरे स्वागतयोग्य मान्न सकिन्छ । हाल राज्य र व्यवसायिले श्रमिक प्रति देखाएको साहानुभुतिको निर्णय सन्तोषजनक भरपर्दो ठाउँ देखीएको छैन ।
यि आधार हरु हुन जुन राज्य पक्ष र व्यवसायि संग सहमति हुदा समेत कार्य कार्यन्यन भएन ।
(१) राज्य र उधोग मजदुर संग भएका सहमति
(२) संचार श्रमिक र पत्रकार महासंघको राज्य संग भएको सहमति
(३) राज्य र व्यवसायि संग सेक्युरिटी मजदुर बिच भएको सहमति
(४) एफेन्सिसि र राज्य पक्ष संग ट्रेड युनियन बिच भएको सहमति
यस आधार लाई बुझ्ने हो भने मजदुर बर्ग धेरै हौसिनु पर्छ जस्तो लाग्दैन मलाई हाल सम्म राज्य र व्यवसायीले श्रमिक हरु लाई चारो हाल्ने बाहेक केही गरेको देखि दैन । ईमान्दारिका साथ गरे भने राम्रो कुरा बुझीन्छ ।