सुनसरीको दुहबीमा रास्ट्रीय युवा संघ नेपाल दुहबी समिति र दुहबीका सक्रिय युवाहरुको सहकार्यमा दुहबी वडा नम्बर ४ को कोरोना संक्रमित भएकाहरुको घर र प्रभावित स्थानहरुमा सेनेट्राइज गर्ने कार्य सम्पन्न भएको छ । दुहबीमा कोरोना संक्रमण भएको अति प्रभावित ठाउँहरुमा सेनेट्राइज गर्ने योजना अनुरुप पर्सि मंगलबार दुहबी वडा नम्बर ६ मा समेत सेनेट्राइज गर्ने र सेनेट्राइज गर्ने कार्यलाई निरन्तरता दिने रास्ट्रीय युवा संघ नेपालका केन्द्रिय सदस्य प्रहलाद बस्नेतले जनाएका छन् । उनीहरुले सो स्थानमा मास्क समेत वितरण गरेका थिए। अहिलेसम्म दुहबीको वडा नम्बर ३,४,५ र ६ मा कोरोनाको अति जोखिमपूर्ण वडा देखिएको छ।
दुहबीमा जम्मा कोरोना संक्रमित ११८ जना रहेका छन् भने २० जना निको भइसकेका छन्।