• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

चन्दा उठाएर किनेको पिसिआर मेसिनमा ८ लाखको खेल, २० लाख मूल्यमा २८ लाखको बिल

काेचिला खबर by काेचिला खबर
08/27/2020
in FEATURE, स्थानीय
120
SHARES
547
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, ११ भदौ : विराटनगर महानगरपालिकाको समन्वयमा चन्दा उठाएर खरिद गरिएको पीसीआर मेसिन २० लाख रुपैयाँमात्र पर्नेमा आपूर्तिकर्ताले ८ लाख रुपैयाँ बढाएर २८ लाख रुपैयाँमा खरिद गरेको देखाएका छन् । उक्त मेसिन उद्योगी प्रदीप मुरारकाले छोरा शिशिर मुरारकामार्फत मगाएका हुन् ।

महानगरपालिकामा कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या दैनिक बढेपछि संकलित स्वाबको रिपोर्ट आउन न्यूनतम् ५ दिन पर्खिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

सोही अवस्थाको अन्त्यका लागि भन्दै मेयर भीम पराजुलीले पीसीआर मेसिन खरिदका लागि विराटनगरका उद्योगी व्यवसायीसँग छलफल अगाडि बढाएका थिए ।

मेयर पराजुलीकै आग्रहमा विराटनगरका सर्वसाधारण, समाजसेवी, उद्योगी तथा व्यवसायीहरुले चन्दा सहयोग सहयोग जुटाएका हुन् ।

चन्दाबाट उठेको पैसाले मुरारकामार्फत पीसीआर मेसिन खरिद गरिएको हो । खरिदका लागि उद्योगीहरुसमेत रहेको ‘कोभिड राहत कोष’ नामको समिति बनाई बैंकमा छुट्टै खाता खोलेर पैसा जम्मा गरिएको थियो ।

कोसी अस्पतालको ल्याब प्रमुख डाक्टर कामना शर्मा र डाक्टर सुशील तापडियाको सुझाव अनुसार जर्मनमा निर्मित क्वायजेन कम्पनीको ‘रोटर–जेन क्यू ५प्लेक्स एचआरएम सिस्टम’ मोडलको पीसीआर मेसिन खरिद गरिएको हो । सोही मोडलको अर्को मेसिन कोसी अस्पतालमा संचालित छ ।

एउटा मेसिनमा कुनै समस्या आए तुरुन्तै स्वाबलाई अर्को मेसिनमा राखेर परीक्षण गर्न सकिने र परीक्षण नरोकिने भएकोले उनीहरुले सोही मोडेलको पीसीआर किन्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

मेसिन खरिदका लागि भएको छलफलमा उक्त पीसीआर मेसिन तत्कालै कसले दिनसक्छ भनि सोधिखोजी गर्दा उद्योग संगठनका उपाध्यक्षसमेत रहेका प्रदीप मुरारकाले ‘म दिनसक्छु, सस्तोमा दिनसक्छु’ भनेर कबोल गरेका थिए ।

विराटनगरका केहि उद्योगीहरुले पीसीआर मेसिन खरिदका लागि चन्दा सहयोग बुझाउन थालेपछि मुरारकाले पनि पाँच लाख रुपैयाँ चन्दा पनि दिने भनेका थिए । उनले सो मेसिन छोरा शिशिरमार्फत झिकाएका हुन् ।

शिशिरलाई मेसिन खरीदमा उनकै साथी काठमाडौं निबासी राजीब बाजोरियाले सघाएका हुन् । शिशिर र राजीब काठमाडौंमा बसेर मेडिकल उपकरणहरुको आयात गर्ने र बिक्री गर्ने कार्यमा संलग्न रहेका छन् ।

मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिन महानगरपालिकालाई सोमबार हस्तान्तरण गरिएको थियो ।

उक्त मेसिनलाई तत्कालै कोसी अस्पतालको ल्याबमा जडान गरी सोही दिनदेखि संचालनसमेत गरिसकेको कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले बताए ।

पीसीआर मेसिन हस्तान्तरण कार्यक्रममा त्यसको मुल्य २८ लाख रुपैयाँ परेको भनि सुनाइएको थियो ।

मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिनको बिल मुल्य भने भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँ उल्लेख छ । महानगरपालिकालाई बुझाइएको बिल ‘जेएचएस एनालाइटिक ट्रेडर्स भाटभटेनी काठमाडौं’ को नामबाट काटिएको छ ।

जेएचएस एनालाइटिक ट्रेडर्सले विराटनगर महानगरपालिकामा बुझाएको भ्याटसहित ३१ लाख ६४ हजारको बिल ।

मेसिन निर्माता कम्पनी क्वायजेनले भने उक्त मेसिनको बिक्री मूल्य (लिष्ट प्राइस) भारु १७ लाख १७ हजार ८ सय ३० रुपैयाँ र छुट मुल्य (स्पेसल प्राइस) भारु १२ लाख ५० हजार रहेको उल्लेख गरेको छ । छुट मुल्य अनुसार मेसिनको मुल्य नेपाली २० लाख रुपैयाँ हुन जान्छ ।

तर महानगरपालिकालाई उक्त मेसिनको खुद मुल्य २८ लाख रुपैयाँ परेको र त्यसको भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँको बिल बुझाइएको हो ।

उत्पादक कम्पनिले नै २० लाख रुपैयाँ पर्ने भनेको पीसीआर मेसिनको मुल्य २८ लाख रुपैयाँ परेको देखाएर मुरारकाले पाँच लाख रुपैयाँ चन्दा सहयोग गरेको भन्दै प्रचार गराएको पाइएको हो ।

पीसीआर मेसिन निर्माता कम्पनि क्वायजेनले पठाएको छुट रकमसहितको स्टिमेट बिल ।

मेसिनको ढुवानी लगायतका कार्यमा केही रकम खर्च हुनसक्ने भएपनि बाँकी रहने ३ लाख रुपैयाँ उनले खल्तीमा हालेका छन् ।

सामाजिक काममा चन्दा सहयोग गर्ने लिष्टमा नाम नसुनिने मुरारकाले पीसीआर मेसिन खरिदमा पाँच लाख रुपैयाँ ‘चन्दा दिए’ भन्दा विराटनगरका अधिकांश उद्योगी व्यवसायीहरुले आश्चर्य मानेका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने सोही मेसिन मुरारकाले वीरगञ्ज महानगरपालिकालाई ४० लाखमा बिक्री गरेको बताए । विराटनगरलाई सस्तोमा उपलब्ध भएको उनले दाबी गरे । उदघोष दैनिकबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist