सुनसरीको दुहबीकायुवाहरूले विपन्न परिवारलाई लक्षित गरेर दुहबीमा राहत मुलक अभियान चलाएका छन् ।
फुड बैंकको अवधारणा अनुरूप दुहबीका केही युवाहरुद्वारा सञ्चालित अभियानमा ‘हुनेले लिएर आऊँ, नहुनेले लिएर जाऔं’ भन्ने मान्यतालाई अगाडि सारिएको छ ।
दैनिक ज्यालादारीमा काम गरेर दैनिक गुजारा गर्दै आउनेहरुलाइ लामो समयको निषेधाज्ञाले छाक टार्न समस्या परेकाहरुलाई, कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको कारण विपन्न परिवारमा खाद्य संकट हुनसक्ने भन्दै यस्तो अभियान चलाइएको अभियानका युवाहरु बताउँछन् ।
युवाहरूको अगुवाइमा समाजसेवी, व्यवसायी र अन्य सरोकारवालाको सहयोगमा आजबाट सुरु भएको अभियानलाई निषेधाज्ञा वा लकडाउन अबधिभर संचालन गरिने जनाइएको
छ । असंगठित मजदुर तथा बिपन्न परिवारका सदस्यलाई दैनिक एक केजि चामल, दाल, तेल, स्वाबिन,नुन सहित खाधान्न र मास्क वितरण गरिने अभियानताहरु बताउँछन् । अभियानताहरुका अनुसार पहिलो दिन आफुहरु लगायत विभिन्न दाताले दिएको खाद्य सामग्री बिपन्न परिवारका ५० जनालाई वितरण गरिनेछ । अभियान हरेक दिन दुहबी ३ स्थित कोचिला खबर रास्ट्रिय दैनिकको कार्यालय अगाडी हरेराम होटेलको छेउमा सञ्चालन गरिने अभियानकर्ताहरू बताउँछन् ।