दुहबीमा अहिले भर्खरै ११ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । उनिहरु दुहबी ६ का एक बालक १४ बर्षका र ४० बर्षकि महिला तथा एक पुरुष ३० बर्षका रहेका छन् । यसैगरी दुहबी १ का एकजना ४२ बर्षका पुरुष, दुहबी ४ का २ महिला १८ र ३८ बर्षकि र ३ पुरुषहरु २४, २६ र ४१ बर्षका रहेका छन भने एक जना सशस्त्र प्रहरी ३० बर्षका पुरुष र दुहबी ५ का २० बर्षका एक पुरुष रहेको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ। दुहबीमा जम्मा १०९ संक्रमित पुगेको छ भने १६ जना निको भएका छन्।