विराटनगर, १० भदौ : विराटनगर-११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा मंगलबार दिउँसो भर्ना गरिएकोमा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
महिलालाई पोजेटिभ रिपोर्ट आएपछि मेडिकल कलेजकै आइसोलेशनमा भर्नाको तयारीगर्दा आकस्मिक कक्षमै मृत्यू भएको जनाइएको छ । मृतक महिलालाई निमोनियाको समेत लक्षण देखिएको थियो ।
विराटनगरमा मृतक महिलासहित कोरोनाको संक्रमण पुष्टि भएका ११ जनाको मृत्यू भएको छ ।