देशमा कोरोना माहामारि भैईरहेको बेला सुनसरी जिल्ला प्रसाशनले जिल्लाभरि निषेधाज्ञा जारी गर्दा पनि दुहबीमा भने निर्भाध रुपमा दुहबीका केहि व्यापारिहरु निरन्तररूपमा पसल संचालन गरेर निषेधाज्ञाको धज्जी उडाइरहेको देखिएको छ ।
केही पसल संचालकले पसलमा सामाजिक दुरिको पालना न गरि अटेर गरिरहेको देखिएपनी स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ।
केही पसल संंचालकहरु खुल्लमखुल्ला पसल संंचालन गरिएको देखिन्छ भने केहिले बाहिर बाट देखावटिरुपमा सटर बन्द गरि पसल भित्र व्यापार गरिरहेको देखापरेको छ ।
दुहबीको मुख्य बजारदेखि लिएर भित्रको भाग सम्ममा निर्भाध रुपमा पसल संचालन गरेको देखा परेको छ । पान पसल देखि पेय पदार्थ सम्म संंचालन भएको देखीन्छ ।
पछिलो समय कोरोनाको माहामारिले दुहबी पनि अछुतो देखिएन । दुहबीमा सामुदायिक स्तरमा कोरोना माहामारि फैलि सकेको छ।
दुहबी ५ स्थित रहेको न्यु खुशी मोबाइल सेन्टर ,आन्न्द मोबाइल सेन्टर, दुहबी ३ स्थित रहेको कोशि राज मार्गकै छेवमा नाम नदेखिएको बिजेन्द्र गोयलले संचालन गरेको होलसेल किराना पसल, दुहबी इलेक्ट्रोनिक पसल, सगरमाथा हार्डबेयर,रोनियार हार्डवेयर पसल,बिरेन्द्र होलसेल किराना पसल,दुहबी ५ स्थित रहेको बजार क्षेत्रका केहि नाम र बोड न भएका फेन्सी पसलहरु तेसै गरि दुहबी १० स्थित बुद्धचोकमा रहेको केही पसलहरु तथा हार्डवेयर पसल निर्भाधरुपमा संंचालन गरेको देखिन्छ । सिटि सफारीहरु समेत निर्भाधरूपमा संचालन भएको देखिएको हो। यसैगरि ईलाका प्रहरी कार्यलय दुहबीकै अगाडि पसलहरु निर्भाधरुपमा संंचालन हुदा समेत प्रहरी मुकदर्सक देखिन्छ् । यता दुहबी २ स्थित ईनरुवा-दुहबी सडक खंंड पचिराको नहरमा जहिले पनि हटिया लागेको देखिन्छ ।
सो बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कि संग बुझदा केही स्थानीय व्यापारीहरु प्रहरीको आखा छ्लेर व्यापार गरेको र सम्झाउदा समेत अटेर गरिरहेको बताए ।