• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रेस युनियन सुनसरीद्वारा ‘फुड बैंक’ अभियान

काेचिला खबर by काेचिला खबर
08/25/2020
in FEATURE, समाज, स्थानीय
113
SHARES
515
VIEWS
Share on FacebookShare on Twitter

इटहरी / कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

‘महामारीले गर्दा पत्रकारले सवैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो छ, अर्कातिर आर्थिक समस्या उत्तिकै छ,’ प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारीले भने, ‘पत्रकारकै मात्र कमाईंबाट धानिएको धेरैको परिवारलाईं समस्या भएपछि थोरै भएपनि राहत होस् भनेर हामीले फुड बैंक सुरु गरिएको हो ।’ उनका अनुसार सक्ने पत्रकार, ठूला सञ्चार गृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरु नहुनेलाई निःशुल्क प्रदान गरिनेछ । फुड बैंक अभियान सञ्चालन एवम ब्यावस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पुर्ब अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ । ‘पत्रकारको आयको बाटो अवरुद्ध भएको छ तर पनि समाचार प्राप्त गर्ने र सम्प्रेषण गर्ने काम निरन्तर र अनिवार्य छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारको अवस्था अत्यन्तै जोखिम पूर्ण छ,’ अधिकारीले भने, ‘समस्यामा परेका पत्रकारलाई फुट बैंकमार्फत पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिनेछ ।’ पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवल अहमद र बिनय प्रधान सदस्य रहेको समितिले हाललाई सुनसरीका पत्रकारहरुलाई सहयोग पु¥याउनेछ ।

अहिलेको संकटका बेला जिल्लाभरका समस्यामा परेका सबै पत्रकारलाई समेटने लक्ष्य राखिएको छ । यसका लागि आवश्यक मापदण्ड बनाएर समितिले काम थालि सकेको फुड बैंक सञ्चालन तथा ब्यावस्थापन समिति संयोजक कृष्ण अधिकारीले बताए । ‘कुनै पत्रकारलाई कोरोना संक्रमण भएको खण्डमा निको नहुन्जेल सम्मका लागि उसको परिवारलाई आवश्यक पर्ने खाद्यान्न फुडबैंकले उपलब्ध गराउनेछ,’ उनले भने, ‘फुडबैंकबाट राहत ग्रहण गर्नेको परिचय गोप्य राखिनेछ ।’ पत्रकारको हितमा कार्यरत संस्थाले अप्ठ्यारोमा परेका पत्रकारलाई सहयोग गर्नु दायित्व हो । ‘कोरोना भाइरसबिरुद्दको अग्रमोर्चामा खटिएका पत्रकारप्रति सरकार चरम अनुदार भएपछि आफ्ना साथीको भोकको चिन्ताबाट मुक्त गर्न सक्दो कोशिस गरौं भनेर अभियान थालिएको हो,’ संयोजक अधिकारीले भने ।

जिल्लाको धरान, इटहरी, इनरुवा, झुम्का, दुहवी, बराहक्षेत्रलगायतका स्थानमा पत्रकार छरिएकाले गर्दा ती पत्रकारलाई खाद्य सामग्री वितरण गर्न पनि समितिले आवश्यक व्यवस्था गर्ने जानकारी दिइयो । प्रेस यूनियनले अहिलेको संकटका बेला सम्पूर्ण पत्रकारिताको हकहितमा कार्यरत संस्थालाई साझा ढंगले कार्यक्रम लिएर अघि बढ्न पनि आग्रह गरेको छ ।
प्रेस युनियन सुनसरीले सुनसरी जिल्लाका पत्रकारहरुका लागि निःशुल्क कोरोना बीमाको ब्यावस्था गर्नुका साथै कोहि पत्रकार बिरामी परे बिराटनगरको नोबेल अस्पतालमा पचास प्रतिशत छुटमा उपचार दिने प्रबन्ध पनि मिलाइएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist