दुहबीमा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि दुहबी नगरपालिकाले धमाधम आइसोलेसन शैथ्या बनाउन थालेको
छ । सो आइसोलेसनमा १०० जना राख्न सकिने जनाइएको
छ । कोरोना संक्रमित समुदाय स्तरमै बढ्दै गएको र विरामी थपिदैं गएकोले आइसोलेसन सेन्टर विस्तार गरिदैं लानुको विकल्प छैन । कोरोनाको आशंका गरी स्वाब सङकलन गरी नतिजा पर्खिएका र अन्यलाई फरक फरक स्थानमा क्वारेन्टाइनमा राख्नु पर्ने देखिन्छ किनभने पिसिआर रिपोर्ट ढिलो आएकोले संक्रमणको उच्च जोखिम छ ।
आइसोलेसन सेन्टरमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राख्नु पर्ने हुन्छ । हालसम्म दुहबीमा १६ सङक्रमित निको भएको र ५७ जना एक्टिभ सङक्रमित रहेको छ । लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आइसोलेसनमा राखिने सरकारको नीति अनुसार लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने संघीय सरकारको निणर्य छ । एक नम्बर प्रदेशमा अहिले कोरोना संक्रमितको संख्या बढेकोले अस्पतालमा बेडको अभावमा बिरामीहरु घरमा बस्न बाध्य
छन् । सुनसरी जिल्लामा अहिले निषेधाज्ञा भएपनी दुहबीमा पालना भएको छैन। दुहबी औधोगिक नगरी भएकोले नेपाल र भारतका बिभिन्न क्षेत्रबाट कामदारहरु काम गर्नका लागि आएकाले कोरोना सङक्रमण दैनिक समुदाय स्तरमै बढ्दै गएको छ ।