सुनसरीको दुहबीमा कोरोना संक्रमितहरुको उपचारका लागि १ सय शैय्याको आईसोलेशन सेन्टर तयारी भइरहेकोे छ।
१ सय शैय्याको आईसोलेशन सेन्टर दुहबी नगर पालिकाको आफ्नै लगानिमा तयार भैरहेको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जानकारी दिएकाछन ।
कोरोना भाइरस सामुदाय स्तरमा फैलिसकेकोले कोरोना संक्रमितहरुलाई थप उपचारका लागि आईसोलेशनमा राख्नुपर्ने हुँदा प्रदेश १ को कुनै पनि कोभीड अस्पतालमा आईसोलेशनको बेड खाली नभएको अवस्थालाई मध्य नजर राखि आफ्नो नागरिकहरुकालागि उपचार तथा संक्रमितहरुलाई आईसोलेशनको अभाव नहोस् भनेर १ सय शैय्याको सुबिधा सम्पन्न आईसोलेशन सेन्टर तयार भइरहेकोले नगर प्रमुख गच्छदारले जनाए। सो आइसोलेसन सेन्टर दुहबी ८ स्थित बन्द अवस्थामा रहेको जयकाली बिस्कुट उद्योगमा निर्माणकार्य भइरहेको छ ।