सुनसरीको दुहवी वडा नम्बर ५ स्थित रहेको जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली. क्लिनिकका संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि क्लिनिक बन्द गरिएको छ ।
आज बिहान क्लिनिकका संचालकको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले क्लिनिक बन्द गर्ने निर्देशन दिएको बताए। क्लिनिकका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि अहिले क्लिनिक बन्द
छ । यो सगै दुहबीमा जम्मा ६२ जना संक्रमित भएको दुहबी स्वास्थ्य शाखाले जनाएको छ ।