विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या नेपालमा १ सय ७ पुगेको छ भने प्रदेश १ मा १५ पुगेको छ ।
प्रदेश नं. १ मा ३२ देखि ८५ वर्षसम्मका १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको सरकारी तथ्यांक छ । ज्यान गुमाउनेहरुमा १३ पुरुष र २ महिला छन् ।
प्रदेशमा कोरोना पुष्टि भएर मृत्यु भएकामध्ये ८६ प्रतिशत पहिलेदेखि दीर्घरोगी रहेको देखिएको छ ।
प्रदेशको राजधानी विराटनगरमा हालसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु अधिकांश पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, दम, मिर्गौला र श्वासप्रश्वासको समस्याबाट ग्रसित रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो