सुनसरीको दुहबी ३ स्थित आईतबार आफ्नै घरमा झुन्डिएको अवस्थामा खातुनको शव फेला परेको थियो । खातुन लाई ह्त्या गरि झुन्डयाइएको माईती पक्षको आरोप रहेको छ। मृतक खातुनकि माईतीपक्षले सोमबार दुहबीमा पत्रकार समेलन मार्फत आरोप लगाएका हुन ।
सो पत्रकार सम्मेलनमा मृतक खातुनकि हजुर आमा बतुलन खातुनका अनुसार चार महिना अगाडि आफ्नो नातिनिसंग दुहबी ३ घर भएका हैदर अलि सित मागि बिहे भएको बताईन ।
मृतककी हजुर आमा भन्छिन बिहे भएको केही दिन सम्म सबै ठिक ठाकनै थियो गएको दुई महिना देखि नातीनिलाई उनको श्रीमान हैदर अलिले निकै यातना दिएको नातीनिले फोन बाट आफुहरुलाई पटकपटक जानकारि गराएको बताईन ।
उनले भनिन मृत्यु भएको आइतबार बिहान नौ बजे नातिनिले आफुहरुलाई फोन गरेर भनिन हजुर आमा छिटो आउनु मलाई मेरो श्रीमानले कुटी रहेको छ, मार्न आटेकोछ, फोन कटेको १५ मिनेटमा उनको श्रीमानले खबर गर्योे कि तपाईंकि नातिनि झुन्डिएर मरिन ।
आफुहरु नातिनिको घर पुगेको र आफ्नो नातिनी झुन्डिएर मरेको अवस्थामा देखे पछि तत्कालै किटानि जाहेरी दिन ईलाका प्रहरी कार्यालय दुहबी पुग्दा दुहबी ३ का वडाअध्यक्ष माधव भन्डारिले किन जाहेरी दिन आको भन्दै, केटि आफ्नै काल गतिले मरेकोहो कस्ले लिन्छ तपाईंको जाहेरी मपनि हेर्छु भन्दै आफुहरुलाई जाहेरी नहाल्न धम्कि दिएपछि प्रहरीले समेत जाहेरी लिन न मानेको मृतककी हजुरआमाको आरोप छ ।
पत्रकार समेल मार्फत पीडित परिवारले न्यायको लागि सबै सरोकारवालाहरुमा अपिल समेत गरेकी छिन ।
यता सो बिषयमा दुहबी ३ का वडा अध्यक्ष माधव भन्डारि संग बुझ्दा मृतक खातुन को परिवार लाई आफु संग कुनै चिन्जान भेट्घाट नभएको र आफू लाई बदनाम गर्न नियतले आरोप लगाएको बताउछन । उता सो घटनाको बिषयमा ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्की संग बुझदा अनुसन्धान भइरहेको र शव पोष्टमार्टमकालागि पठाएकोले रिर्पोट न आए सम्मकोलागि जाहेरि न लिएको बताए।