३ र ५-५ बर्षका ३ बालक सहित दुहबीमा आज एकैदिन १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । दुहबी स्वास्थय शाखाका अनुसार ६ नम्बर वडाका ८ जनाको कन्ट्याक्ट् ट्रेडिङको आधारमा स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ३ बर्षका बालक सहित २९, ३० र ५५ बर्ष उमेर समुहका रहेका छन् । यसैगरी दुहबी ६ कै थप ४ जना ५ बर्षको बालक सहित १६ र २९ बर्षको पुरुष अनि १८ बर्षको महिला रहेकि छिन भने दुहबी १ का ३५ बर्षका एक पुरुष र ५५ बर्षका एक महिला रहेकि छिन् । यसैगरी दुहबी ३ का ५० बर्षका एक जना पुरुष छन् भने दुहबी ४ का ५ बर्षका बालक रहेका छन् । एक जना जना पशुस्वास्थ्य तालिम केन्द्र दुहबीका ५५ वर्षका कर्मचारी सहित आज दुहवीमा १३ जना कोरोना संक्रमित थपिएको दुहबी स्वास्थय शाखाले जानकारी दिएको छ। यो सँगै दुहबीमा ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।