सुनसरीको दुहबी १० स्थित सिमरिया घर भएकि सबनम खातुनबाट ९ दिन अगाडि जन्मेको नवजात शिशुलाई मोरङको बिराट टिंचिङ मेडिकल कलेज अस्पतालले उद्घार गरेको छ।
सो बिषयको समाचार श्रवण २७ गते २ दिन अगाडी कोचिला खबरले सम्प्रेषण गरेको थियो। आज विहिवार नवजात शिशुलाई अस्पतालले आफ्न्तको जिम्मा लगाएको हो ।
नवजात शिशुलाई आफन्तको जिम्मा लगाएको बिषयमा बिराट मेडिकल टिचिङ्ग अस्पतालका प्रसाशन प्रमुख सुधीर राठाेर संग बुझदा नवजात शिशु लाई उपचार गर्न ल्याउदा आफन्तबाट दुई हजार मात्र धरौटि राखि अस्पताले उपचार गरेको बताए । उनका अनुसार आईसुयको भेन्टिलेटरमा दुई हजार मात्र धरौटि राखि जिरो पैसामा उपचार सुरु गरेको बताए।
राठाेर भन्छन सुरुमा बच्चालाई उपचार गर्न ल्याउदा आफन्त संग पटक-पटक पैसा बुझाउन भन्दा आजभोलि गरेर आलटाल गरि आज विहिवार आफ्नतबाट भने आफुहरुको आर्थिक अवस्था निकै कमजोर भएकोमा एक लाख रुपैया दिन नस्कने बताए पछि उपचार गर्दा लागेको एक लाख बढीको बिलमा रु १० हजार मात्र लिएर सहयोगको भावनाले नवजात शिशु लाई अस्पताले आफ्न्तको जिम्मा लगाईएको बताए । यता नवजात शिशुकि हजुरआमाका अनुसार बच्चालाई अस्पतालमा आईसुयको भेन्टिलेटरबाट निकाल्ने बितिकै केही छिन पछि नवजात शिशुको मृत्यु भएको बताइन ।