बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।
गएको २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाभित्र मात्र बिहीबार एकैदिन ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् ।
यस्तै मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित सबै पुरूष
छन् । बुढीगंगा देखिएका संक्रमितमध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन् । त्यस्तै बुढीगंगा २ का ३ जना र ७ का १ जना रहेका छन् । कटहरीमा तीन जनामा संक्रमण देखिएको छ ।
सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जनामा संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष र ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा १ जना, इलामा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १७२६ पुगेको
छ । जसमध्ये १० जनाको मृत्यु भएको छ । मृत्यु हुनुमध्ये २ जना प्रदेश नं. २ का हुन् भने ८ जना मोरङका हुन् ।