दुहबी ८ स्थित रहेको पशुपति आइरन उद्योग सिल गरिएको
छ । गत साउन २४ गते विभिन्न उद्योगबाट २१८ जनाको स्वाब संकलन गरिएकोमा पशुपति आइरन उद्योगका ३ मजदुरलाई कोरोना संक्रमण देखिएपछी भदौ ५ गते सम्मकालागि सिल गरिएको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ । यसैगरी दुहबी वडा नम्बर ६ पनि ३ दिनकालागि सिल गरिएको सो वडाका वडाअध्यक्ष मुन्ना हलुवाइले जानकारी दिएका छन् ।