दुहबी / कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि सुनसरीको दुहबी नगरपालिकाको ६ नम्बर वडाको केही क्षेत्रलाई शिल गरिएको छ ।
दुहबी नगरपालिका वडा ६ को आसपास क्षेत्रमा कोरोना संक्रमण व्यापाक भएपछि आज दिउसो बाट वडाले सवारी साधन र मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाएको हो ।
आज मात्रै सो वडामा ६ जना कोरोना संक्रमित देखा परेपछि संक्रमण एरिया सिल गर्नु परेको दुहबी ६ का वडा अध्यक्ष मुना साह ( हलुवाई ) ले बताए ।
सो सिल गरेको क्षेत्रमा आवत–जावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाएर सबै सडकमा ढाट लगाएको छ ।
दुहबी नगरपालिकामा मंगलबार सम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।